आज: ३ चैत्र २०८१, सोमबार | Mon, 17, Mar, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

गोकर्णेश्वर खबर२६ बैशाख २०७८, आईतवार १२:३३ मा प्रकाशित (३ साल अघि) ४१६ पाठक संख्या

रुपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडीको नेतृत्वमा चारै दलका ४० जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। अहिले ७९ सदस्य रहेको प्रदेश सभामा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन्।

अविश्वास प्रस्तावमा माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।