आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

आज एकैदिन थप ९१९६ जनामा कोरोना संक्रमण, ५० को मृत्यु

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १७:४४ मा प्रकाशित (३ साल अघि) २१२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो।

शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ३ लाख ७७ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमणबाट निको भइसकेका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ छन्।

त्यसैगरी काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ गरी जम्मा उपत्यकामा ४ हजार १०६मा संक्रमण पुष्टि भएको हो।