आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेप्से दोहोरो अंकले घटेर बन्द

गोकर्णेश्वर खबर२३ बैशाख २०७८, बिहीबार १६:२२ मा प्रकाशित (३ साल अघि) ४०९ पाठक संख्या

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीरबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक १२.४७ अंकले करेक्सन हुँदा २६३७.१३ अंकमा बन्द भएको छ ।

प्रिओपन सेसनमा साढे ८ अंकले बढेर २६५७.२ अंककमा खुलेको बजारमा कोभिडको प्रभाव बढ्दै जाँदा लगानीकर्तामा अन्यौलता देखिएको छ । जसले गर्दा सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखियो बजारमा सुस्तता छाएको छ ।

‘इन्ट्रा–डे’ कारोबारमा २६५९.०९ अंकसम्म पुगेको नेप्से २६२६.०८ अंकसम्म झरेको थियो । बजार परिसूचकमा करेक्सन भएपनि कारोबार रकम भने समान्य बढ्दा करिब ७ अर्बको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८१ करोड ९१ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा बैंकिङ, वित्त कम्पनी लगानी उपसूचक हरियो हुँदा अन्य सबै उपसूचक घटेको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढेपनि हाइड्रोपावर उपसूचक १.८६ प्रतिशत, व्यापार उपसूचक १.६ प्रतिशत, जीवन बिमा उपसूचक १.३८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.३४ प्रतिशत र अन्य तथा लघुवित्त उपसूचक पनि १ प्रतिशत माथिले करेक्सन भएको छ । जसले गर्दा बजार परिसूचकमा गिरावट भएको हो ।

बिहीबार कारोबार रकममा जलविद्युत लगानी तथा विकास कम्पनीले लिड गर्दा मर्जरको हल्लाले लक्ष्मी र एनसीसी बैंक पनि लगानीकर्ताको रोजाइमा परेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको सवार्धिक ४६ करोड ७४ लाख ३५ हजारको करोबार हुँदा नबिल बैंकसँग मर्जरको छलफलमा रहेको एनसीसी बैंकको ४२ करोड ९४ लाख ६० हजार र एभरेष्टसँग मर्जरको हल्लापछि लक्ष्मी बैंकको पनि २६ करोड ४५ लाख २१ हजारको कारोबार भएको छ ।

मर्जरको हल्लाले गर्दा लक्ष्मी बैंकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेर १ रुपैयाँले घटेर बन्द भएको छ । बैंकको सेयर मुल्य ९।४९ प्रतिशतले बढेर ३२३ रुपैयाँमा बन्द भएको हो । बैंकको सेयर मुल्य सर्किट लेभलमा ३२४ रुपैयाँमा पनि कारोबार भएको छ ।

बिहीबार नेप्सेमा एनसीसी बैंकको सवार्धिक ११ लाख कित्ता सेयर कारोबार हुँदा जलविद्युत लगानी तथा विकास कम्पनीको ९ लाख र लक्ष्मी बैंकको ८ लाख भन्दा बढी कित्ता सेयरको कारोबार भएको छ ।

बजार परिसूचक घटेपनि बिहीबार नेप्सेमा ७ कम्पनीको सेयर मुल्य भनेर बढेर सर्किट लभेलमा बन्द भएको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा जनउत्थान सामुदायिक लघुवित्त, खानिखोला हाइड्रोपावर, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत कम्पनी, युनियन हाइड्रपावर र जोशी हाइड्रोपावर रहेका छन्।

यता विशाल बजार कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा सिंगटी हाइड्रोपावरको सेयर मुल्य ९.०७ प्रतिशत र ङ्यादी ग्रुप पावर कम्पनीको सेयर मुल्य ८.५७ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबारमा आएका ४५ कम्पनीको सेयर मुल्य बढ्दा १३० कम्पनीको घटेको छ भने ९ कम्पनीको सेयर मुल्य स्थिर रह्यो ।