आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १५:५८ मा प्रकाशित (३ साल अघि) ९३९ पाठक संख्या

नयाँ दिल्ली । भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु भएको छ।

कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजनको कमी भएकाले २४ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

आइतबार बिहानदेखि सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका हुन्। तीमध्ये १२ जना कोरोना संक्रमित थिए। अरू १२ जनालाई पनि अक्सिजन दिएर उपचार भइरहेको थियो।

कर्नाटकाका मुख्यमन्त्री बिएस येदयुरप्पाले यस घटनापछि मंगलबारका लागि क्याबिनेट बोलाएका छन्।

उपमुख्यमन्त्री सिएन आसवत नारायण विभिन्न अधिकारीहरूसँग छलफल गरेका छन्।

कर्नाटकामा आइतबारमात्रै ३७ हजार ७ सय ३३ नयाँ कोरोना संक्रमित थपिएका थिए।