आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

गोकर्णेश्वर खबर२० बैशाख २०७८, सोमबार १५:२७ मा प्रकाशित (३ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न अनुरोध गरेको छ।
सोमबार देशभरिका सबै अस्पतालहरूलाई पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो। पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ।

मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको हुँदा उपचारका लागि जटिल अवस्थाका संक्रमितलाई अक्सिजनको सहज व्यवस्थापन गर्न सबै अस्पताललाई तयारी अवस्थामा रहन अनुरोध गरेको हो।

खाली राखिएका अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो।

त्यस्तै, सर्वसाधारणहरूले अक्सिजन सिलिन्डरहरू अनावश्यक रूपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध गरेको छ।