आज: १ चैत्र २०८१, शनिबार | Sat, 15, Mar, 2025

सांसद विमला वली माओवादीतिर लागेपछि शंकर पोखरेलको बहुमत गुम्यो

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १४:२५ मा प्रकाशित (३ साल अघि) ६०८ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ । नेकपा एमालेमा रहेकी विमला वली माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको हो ।

वलीले दाङ प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट चुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजन भएपछि उनी कता लाग्ने टुंगो लागेको थिएन ।

उनी अहिले माओवादीमा प्रवेश गरेपछि पोखरेलसँग बहुमत नपुग्ने देखिएको छ ।