आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

२५ हजार धरौटी बुझाएपछि थुनामुक्त भए विप्लवका नेता माइला लामा

गोकर्णेश्वर खबर१६ बैशाख २०७८, बिहीबार २१:४२ मा प्रकाशित (३ साल अघि) २०३ पाठक संख्या

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि बिहीबार लामा थुनामुक्त भएका हुन् ।

उनलाई प्रहरीले ५ साउन २०७६ मा पक्राउ परेको थियो । एकपछि अर्को जिल्लामा पुर्याइएका उनीसँगै जिल्ला अदालतले २५ हजार धरौटी मागेको थियो । तर अन्य कार्यकर्ता नछुटेसम्म धरौटी नतिर्ने भन्दै संखुवासभामा बसेका थिए ।

शुकबार अदालतबाट धरौटी बुझाएकाले छाड्नू भन्ने पत्र प्राप्त भएकाले लामालाई थुनामुक्त गरिएको जिल्ला कारागार संखुवासभाका जेलर विनोद अधिकारीले बताए ।

सरकारले मुद्दा फिर्ता लिने सहमति पालना नगरेकाले लामा धरौटी तिरेर छुटेको विप्लव समूहका नेताहरूले बताएका छन् ।
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै सरकारले मुद्दा फिर्ता लिने बताएको थियो, तर अनुसन्धानका क्रममा रहेका बाहेकका नेताहरु छुटेका थिएनन् ।