आज: २८ चैत्र २०८१, शुक्रबार | Fri, 11, Apr, 2025

गैरआवासीय नेपाली संघले लाप्राक बस्ती हस्तान्तरण

गोकर्णेश्वर खबर१० बैशाख २०७८, शुक्रबार ०८:०४ मा प्रकाशित (३ साल अघि) ८७० पाठक संख्या

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको लाप्राकमा निर्माण गरेका घर बिहीबार हस्तान्तरण गरेको छ। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले लाप्राकस्थित गुप्सीपाखामा ५ सय ७३ वटा घरको पुनर्निर्माण गरेको हो । निर्माण गरिएका घरहरू आज एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरूङलाई बस्ती हस्तान्तरण गरेका हुन्। भूकम्प प्रभावित लाप्राकीका लागि एनआरएनएले दुई कोठाका दरले घर बनाइदिएको छ। पुरानो लाप्राक बस्तीभन्दा करिब आधा घण्टाको दूरीमा बस्ती बनाइएको छ।