काठमाडौं । कोरोना संक्रमण बढेपनि शैक्षिक लगायतका कुनै पनि क्षेत्र बन्द नगरिने भएको छ । तत्काललाई स्वास्थ्य मापदण्ड कडाईका साथ लागू गर्ने निर्णय सरकारले गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संक्रमण बढे पनि तत्काल कुनै क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको छ । नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ ।
दिनहुँजसो कोरोना संक्रमिकतको संख्या बढ्दो छ । नेपालमा युके भेरियन्ट फैलिएपछि बालबालिका बढी प्रभावित हुन थालेका छन् । हिजो देशभर ५५९ जना संक्रमित भएका थिए ।