आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

नयाँ वर्ष २०७८ : नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२६ चैत्र २०७७, बिहीबार २०:३९ मा प्रकाशित (३ साल अघि) १४२६ पाठक संख्या

काठमाडौं, चैत्र २६ ।   नयाँ वर्ष २०७८ सालको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  । नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा  नेपाली काङ्ग्रेकी केन्द्रिय सदस्य अम्बिका बस्नेत रहेकी थिइन।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमाल ठकुरी , नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका  ८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,वडा सदस्य नन्दलाल  श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल लगायत नेपाली काङ्ग्रेस सदस्यहरु एवम् शुभेच्छुक, संघसस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको  थियो।

कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले  गरेकी थिइन।

कार्यक्रममा नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमल ठकुरी ,गोकर्णेश्वर नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे , नेपाली काङ्ग्रेकी केन्द्रिय सदस्य अम्बिका बस्नेत लगायतले शुभकामना सहित  आफ्नो भनाइ राखेका थिए ।

नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका  ८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एबम वडा नं८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले धन्यवाद ज्ञापन सहित शुभकामना मन्तब्य राखेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं  उत्तरोतर प्रगतिको कामना सहित नयाबर्ष २०७८को शुभकामना ब्यक्त गरेकी थिइन ।