आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

गोकर्णेश्वर नगरपालिकामा ‘नेपाल मुवाथाई च्यामपियन’ प्रोफेसनल बेल्ट फाइट सम्पन्न

गोकर्णेश्वर खबर१५ चैत्र २०७७, आईतवार ०८:१७ मा प्रकाशित (३ साल अघि) ७१३ पाठक संख्या

काठमाडौं ,चैत्र १५। गोकर्णेश्वर  मुवांथाइ नगर कमिटीको आयोजनमा ‘नेपाल मुवाथाई च्यामपियन’  सम्पन्न  भएको छ । स्वास्थ्यको लागि खेलकुद अनि राष्ट्रकोको लागि खेलाडी भन्ने मूल नाराको साथमा२ ७ मार्च अर्थात २०७७ साल चैत्र १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर मन्दिर प्रांगणमा भएको उक्त  कार्यक्रमको उदघाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका थिए ।

गोकर्णेश्वर मुवांथाइ नगर कमिटी अध्यक्ष सानुकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, ,नगर खेलकुद विकास समितिका अध्यक्ष संजय लामा गोकर्णेश्वर नगरपालिका  युवा तथा खेलकुद उप शाखा प्रमुख रामनारायण शाह  ,लगायतनगर खेलकुदका पदाधिकारी सहित खेलाडी,रेफ्री र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

मुवाथाई मर्सलआर्टका ८ वटा विधा प्रयोग गरि एक फुल कन्ट्रयाक खेल हो । जसमा विपक्षि खेलाडीसँग खेल्दा हात खुट्टा इम्बोल्स, फिस्टस्, नी, र सिन्स को प्रयोग गरिन्छ।मुवाथाई खेलको सुरुवात थाईल्याण्डबाट भएको हो । यस खेललाई मार्सलआर्टको राजा मानिन्छ । खेल एक सताब्दी भन्दा पुरानो भइसकेको छ । मुवाथाई प्रोफेशनल खेल येम्बिचार सेमी प्रो र प्रोफशनल गरि तीन किसिमबाट खेलाइन्छ, जुन हरेक राउण्ड  ३ मिनेटको हुने   आयोजक संस्थाका अध्यक्ष सानुकान्छा श्रेष्ठले जानकारी गराएका थिए  ।मुवांथाई  खेल नेपालको लागि नया खेल हो जुन प्रोफेसनल खेल चाहि मुवांथाई वृत्तमा मात्र नभई आम खेल वृत्तमा नै नविन पहिचान बोकेको खेल भएको बताउदै उनले नेपालमा नेशनल मुवांथाई खेलको स्थापना २०१२ मा राष्ट्रिय खेलकुद परिषदमा दर्ता नं ११३मा दर्ता भएको समेत जानकारी गराए ।

देश गाउ र टोलमा भएका विसंगति बिकृतिहरु र कुलतमा लागेका युवाहरुलाई सहि दिशामा लाग्न उत्प्रेरित गराउन सहयोग पुग्ने बिश्वासका साथ् कार्यक्रम आयोजना गरिएको बताउदै । प्रतिभाशाली खेलाडीको प्रतिभा उजागर एवम् खेलकुद क्षेत्रको विकास र विस्तारका लागि प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारेका थिए ।विहान ११ बजेदेखि शुरु भएको सो प्रतियोगिता साँझ ५ बजे सम्म चलेको थियो ।

देशभरका खेलाडीहरुले  सहभागितामा  जनाएको सो प्रतियोगितामा १४ खेल समावेश गरिएको थियो । जसमा १८ जना खेलाडी सहभागी मध्ये  २ जना महिलाखेलाडीको पनि  सहभागीता रहेको थियो  ।  ५१ केजी मेडल फाइटमा  तेजन मगर, तेन्जी¨ शेर्पा , प्रविन राई र नवराज पराजुलीले हात पारे भने  ५१ के.जीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ लामाले जितेका छन् । त्यसैगरि   ५४के.जी ६० के.जी. ६३ के.जी. ६७ के.जी. ७२ के.जी मा क्रमस हेवी राई , सन्दीप तामा¨ , दावा फुन्जो शेर्पा , अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जितेका थिए  भने महिला तर्फको ५१ के.जीमा देनिका राईले उपाधि हात पारिन  ।बिजयी खेलाडीहरुलाई प्रमखु अतिथि सन्तोष चालिसे उपप्रमुख शान्ति नेपाल,नगरपालिकाका प्रमुख  सल्लाहकार दिपक रिसाल , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ लगायतकाले वेल्ट र मेडल वितरण गरेका थिए ।