आज: १४ माघ २०८१, सोमबार | Mon, 27, Jan, 2025

ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन् : कांग्रेस नेता सिंह

गोकर्णेश्वर खबर१२ चैत्र २०७७, बिहीबार २३:१५ मा प्रकाशित (३ साल अघि) ४१२ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताए । उनले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’

माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए । कांग्रेस नेता सिंहले अघि भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको समेत उनले बताए ।