आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

बौद्धमा मानव अधिकार तथा शान्ति समाजको शान्तिपूर्ण प्रदर्शन

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार ११:५७ मा प्रकाशित (३ साल अघि) १७९४ पाठक संख्या

काठमाडौँ, चैत्र ९। अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा  मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण  प्रदर्शन गरेको छ ।आइतबार दण्डहिनता नै जातिय विभेदको जड भन्ने  मुल नाराको साथमा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्द स्तुपा गेटमा एक घण्टा शान्तिपूर्ण प्रदर्शन  गरेको हो  । प्रदर्शनमा ५० भन्दा बढीको सहभागिता रहेको थियो। प्रदर्शनमा सहभागीहरुले जातीय छुवाछुत अन्त्य गरौ, मानब अधिकार रक्षा गरौ , सबैका लागि सबै अधिकार , मानब अधिकार दलित अधिकार, लगायतका नारा अंकित  प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका हुन्।  उक्त कार्यक्रमलाइ एकेवद्धता जनाउदै  विभिन्न व्यत्तित्वहरुको समेत  उपस्थिति रहेको थियो।

मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिब इश्वर पुडासैनीले संचालन गरेको सो कार्यक्रममा  प्रमुख अतिथिका रुपमा दलित अभियन्ता तथा बागमती  प्रदेश सभा सदस्य  कल्पना नेपाली रहेकी थिइन् भने  कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती  प्रदेशसभा सदस्य  छिरिङ दोर्जे लामा, मानवअधिकार तथा शान्ति समाज पूर्व महासचिव कुमार राज सुबेदी कुमारराज सुवेदी, समाजसेवी भुवन लामा   ,नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष राजु सुनार, तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै  दलित अभियन्ता तथा बागमती  प्रदेश सभा सदस्य  कल्पना नेपालीले प्रदेश  सभा सदस्यको हिसाबले आफूहरुले सदनमा कुरा उठाइरहेको बताउँदै जातीय भेदभाव र छुवाछुत अन्त्य बिना मूलुकको विकास हुन नसक्ने बताईन ।उनले नेपालीले मन्दिर बनाउने शिल्पिहरुले मन्दिर छिर्न पाउँदैननु लुगा सिलाउने मान्छेहरुले नाँगो हिड्नु परेको र जुत्ता सिलाउनेहरु खाली खुट्टा हिंडन बाध्य रहँदा समेत राज्यसत्ताले उनीहरुको उत्थान र समान अधिकार उपभोगमा ध्यान पुर्याउन नसकेको  बताएकी थिइन् ।

 कार्यक्रमलाइ सम्बोधन  गर्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउदै  कानूनभन्दा माथी कोही नहुने  हुदा कानूनले बर्जित गरेको जातिय छुवाछुत अन्त्यका लागि सामाजिक चेतना बृद्धि गर्नुपर्ने  पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा दलित बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनार, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाईं, बर्तमान महासचिव रामकृष्ण बराल, पूर्व महासचिव कुमार राज सुबेदी, काठमाडौं जिल्लाका कार्यबहाक सभापति नानीकाजी गिरी र सचिव इश्वर पुडासैनी  लगायतले जातीय भेदभाव र छुवाछुत मानव जातिकै कंलक भएकाले यसको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।उनीहरुले जातिय बिभेदको जड नै दण्डहिनता भएको बताउँदै सरकारलाई यसतर्फ सजग रहन आग्रह  गरेका थिए । कपन अनलाइन