काठमाडौं। नेपाल मेडिकल कलेज ट्रेड युनियन र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीको संयुक्त आयोजनामा चैत्र १ गते आइतबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।
आइतबार नेपाल मेडिकल कलेज अत्तरखेलको प्राङ्गणमा बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म रक्तदान कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।