आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त

गोकर्णेश्वर खबर२७ फाल्गुन २०७७, बिहीबार २१:०८ मा प्रकाशित (४ साल अघि) ८४७ पाठक संख्या

काठमाडौं – यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।

सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो ।

सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए ।