काठमाडौँ. फागुन २६। महाशिवरात्रिलाइ लक्षित गर्दै आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर सरसफाई गरिएको छ । आज बिहान नेपाल प्रहरी गोकर्णेश्वर नगरपालिका वडा नं ४ का जनप्रतिनिधिहरु गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समितिका पदाधिकारी सहित बिद्यार्थी र बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा सरसफाई गरिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले दर्शन गर्न आउने भक्तजनलाई मास्क सहित सुरक्षा मापदण्ड पूरा गर्न पनि आह्वान गरेका छन । महाशिवरात्रिका अवसरमा महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहा नैदेखि भीड लाग्ने हुँदा त्यसको व्यवस्थापनको सुरक्षा लगायत अन्य तयारी पुरा भएको जानकारी दिएका छन । उनले यसपटक गोकर्णेश्वर महादेव मन्दिरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रवन्ध समिति र धार्मिक तथा आध्यात्मिक सद्भावना दूतको संयुक्त आयोजनामा आध्यात्मिक प्रवचन कार्यक्रम समेत आयोजना गरिने भएको हुँदा उक्त कार्यक्रममा समेत सहभागी हुन उनले अनुरोध गरेका छन।