आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा डिजिटल भिडियो प्रदर्शन बोर्ड जडान

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७७, बुधबार २१:४३ मा प्रकाशित (३ साल अघि) ७१८ पाठक संख्या

काठमाडौं ,फागुन २६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ ।  आज एक  कार्यक्रम बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेर उप प्रमुख शान्ती नेपालले उद्घाटन गरेका हुन ।

गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल भए पनि यसको प्रचार प्रसारको अभावमा त्यसको लाभ लिन सकिएको छैन,  त्यसैलाइ मध्यनजर गर्दै पर्यटकीय सम्भावना रहेको क्षेत्रको बारेमा जानकारी दिएर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यको साथमा उक्त डिजिटल डिस्प्ले स्थापना गरिएको हो। उक्त बोर्डले  गोकर्णेश्वर महादेव मन्दिर सहित सो क्षेत्रका  महत्वपूर्ण पर्यटकीय  स्थानको बारेमा  बोर्डमा भएको दृश्य सामग्रीले जानकारी दिने विश्वास लिइएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, वडा नं ७ का वडा अध्यक्ष केशब बहादुर गुरुङ कार्यपालिका सदस्य सत्य भामा श्रेष्ठ, लगायत स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन नगरपालिका धार्मिक समिति संयोजक दिवाकर भण्डारीले गरेका थिए।कार्यक्रममा बोल्ने बक्ताहरुले अबको संसार सूचना तथा प्रविधिको भएको कारण सूचना र प्रविधिको प्रयोगले नै हामी समृद्ध बन्न सक्ने बताएका थिए । नगरपालिका भित्रिने पर्यटकको लागि जानकारी दिन सो सामग्री अति नै उपयोगी हुने धारणा  राखेका थिए  ।