आज: १५ फाल्गुन २०८१, बिहीबार | Thu, 27, Feb, 2025

कपिलवस्तु पुगेर ओलीविरुद्ध खनिए विप्लव- बाटो हिंडिरहेका कुमार पौडेललाई समातेर कन्चटमा गोली हान्न मिल्छ ?

गोकर्णेश्वर खबर२४ फाल्गुन २०७७, सोमबार २२:१३ मा प्रकाशित (३ साल अघि) २९४ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सर्लाहीमा प्रहरीद्वारा मारिएका कुमार पौडेल प्रकरणबारे प्रश्न गरेका छन् । आज कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सम्मेलनमा सम्बोधन गर्दै बाटो हिंडेका पौडेललाई समातेर कन्चटमा गोली हानिएको भन्दै प्रश्न गरेका हुन् ।

‘कुमार पौडेल बाटो हिंडेकोलाई समातेर कन्चटमा गोली हान्न मिल्छ ?,’ विप्लवले प्रश्न गरे,‘के त्यो सत्य हो ?’ ओलीले सत्यसँग लड्दिनँ, शक्तिसँग लड्छ् ठिकै भनेको उल्लेख गर्दै आफूहरुलाई दुःख दिएको भन्दै आलोचना गरे ।

पौडेललाई नभएको आरोप लगाएर गोली हानिएको विप्लवको टिप्पणी थियो । आफ्नो दललाई प्रतिबन्ध लगाउने देखि धरपकड गर्ने र गोली हान्ने गतिविधि गरेको भन्दै विप्लवले ओलीको आलोचना गरे ।

विप्लवले आफूहरुले न्यायका लागि लडेको दाबी गरे । प्रचण्ड र बाबुराम भट्टराईले चालेको कदमलाई गलत भने । उनले भने,‘२० वर्ष प्रचण्डले शासन गर्छ भन्थे तर २० महिनामा धुलोपीठो भए ।