काठमाडौँ, फागुन २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ शंखडोल स्थित जागेश्वरी मन्दिरको पुजा आरती व्यवस्थापन लागि निर्माण गर्न लागिएको भवनको आज एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले भुमि पुजन सहित शिलान्यास गरेका छन ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा शंखडाेलका स्थानियहरूकाे अग्रसरतामा गोकर्णेश्वर नगरपालिका वडा नं ४को सहकार्यमा जागेश्वरी मन्दिरकाे पुजा आरती व्यवस्थापन भवनको भूमि पुजन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, यज्ञडोल जगडोल सामुदयिक बनका अध्यक्ष सुदर्शन सिग्देल भगवती युवा क्लबका अध्यक्ष संजय बि क, लगायत भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
२०७७ साल चैत्र ३० गते समपन्न गर्ने लक्ष्य सहित निर्माण शुरु भएको सो भवन को कुल अनुमानित लागत १२लाख ९८ हजार २९४ रुपैया ८४ पैसा रहेको छ भने जनश्रमदान बाट ३ लाख २८ हजार २९३ रुपैया ८४ पैसा रहने छ।सो को लागि कार्यलय बाट स्वीकृत रकम १० लाख रहेको छ भने कार्यलयले बेहोर्ने कुल रकम रु ९ लाख ७० हजार रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव राम कारंजितले जानकरी गराए उक्त भवन निर्माणको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का चन्द्रलाल श्रेष्ठले रु १५ हजार ८ सय ४० रुपैया समेत आज हस्तान्तरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले समयमा नै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न अनुरोध गरेका थिए ।