आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

गोकर्णेश्वर ५ जोरपाटीमा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार १०:२६ मा प्रकाशित (३ साल अघि) ८१२ पाठक संख्या

बौद्ध प्रहरी वृत  र जोरपाटी प्रहरी विटले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको हो ।

काठमाडौको गोकर्नेश्वोर नगरपालिका वडा न ५ जोरपाटी स्थित सुन्दर टोलमा अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको बौद्ध प्रहरी वृतका प्रहरी नायव उपरीक्षक नबिन कार्कीले बताए ।

तयारी अवस्थाको ३ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक  कार्कीले  जानकारी दिए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको  ड्रम,  हण्डी, सिलिण्डरलगायतहरु सामानहरु पनि बरामद भएको छ ।

प्रहरी नायव उपरीक्षक  कार्कीलका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइ कारवाही गरिनेछ ।

मदिरा निर्माण गर्ने व्यक्तिहरु फरार रहेका छन |  मदिरा कस्ले बनाउने र वितरण गर्ने गरेको थियो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |