आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

ताप्लेजुङमा भीषण आगलागी  : ५५ घर पूर्ण रूपमा जलेर नष्ट

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार २०:२७ मा प्रकाशित (४ साल अघि) ५९३ पाठक संख्या

विराटनगर – ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ।

‘अहिलेसम्म ५५ वटा घर पूरै जलेको डाटा आएको छ’, उनले भनिन्,‘यो संख्या थोरै तलमाथि हुनसक्छ।’

उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन्।

आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन्।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।