काठमाडौं ,फागुन १८।
बुढानीलकण्ठ नगरपालिकामा ३ महिने निःशुल्क ग्राफिक डिजाईनिङ तालिम फागुन १६ गतेबाट सुरु भएकाे छ । यस तालिममा नगर भित्रका सबै वडाहरूबाट छनाैट भएका ४२ जना युवाहरुलाई “निः शुल्क ग्राफिक डिजाईनिङ कोर्ष” प्रदान गरिएको हो।
तालिम नगरपालिका वडा नं ३ मा रहेको बुढानीलकण्ठ माध्यमिक विद्यालय र वडा नं १३ मा रहेको जनउद्दार माध्यमिक विद्यालयमा बेलुका ३ बजे देखि ५ बजे सम्म सञ्चालन भइरहेकाे छ ।
फागुन १४ गते नगरप्रमुखकाे अध्यक्षतामा संचालित ग्राफिक डिजाईनिङ तालिमकाे अभिमुखिकरण कार्यक्रममा उपप्रमुख रमा देवी राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकाेटा, विषयगत शाखाका प्रतिनिधिहरू र छनाैट भएका सहभागीहरूकाे उपस्थिति रहेकाे थियाे ।
तालिमको शुभारम्भमा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतले अभिमुखिकरणकाे क्रममा चयन भएका सहभागीहरूलाई शुभकामना दिदै अधिकतम लाभ लिनुहुन आग्रह गरेका थिए ।