आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

माधव नेपाललाई प्रधानमन्त्रीको व्यङ्ग्य:दरबार परिक्रमा गरेर दाम चढाउने गणतन्त्रवादी!

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:५७ मा प्रकाशित (३ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साथ छाडेर पुष्पकमल दाहाल प्रचण्डतिर लागेका नेता माधवकुमार नेपालमाथि गणतन्त्रलाई लिएर कटाक्ष गरेका छन्।

हिमालय टेलिभिजनसँग आइतवार राति अन्तर्वार्ताका क्रममा ओलीले माधव नेपालले दरबारमा दाम चढाएको प्रसंग निकाल्दै उनीमाथि कटाक्ष गरेका हुन्।

उहाँले परिक्रमा गर्दै दरबारमा दाम चढाउनु भयो। गणतन्त्रप्रति उहाँको विशेष आस्था रहेछ। उहाँले परिक्रमा गरेर दाम चढाएकोले देखाएको छ, ओलीले भने, दरबारले मागेपछि लक्षमण खड्कासँगै कसले पहिले निवेदन दरबारमा छिराउने भनेर प्रतिस्पर्धा गरे। आँखी झ्यालबाट निवेदन छिराउन उहाँले गरेको प्रतिस्पर्धाले देखायो नि! उहाँ बडो गणतन्त्रवादी ?