आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

अस्ताए ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक थकाली

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २१:०२ मा प्रकाशित (३ साल अघि) ६०४ पाठक संख्या

काठमाडौं – जोमसोमै बजारमा बाह्र बजे हावा सरर‘ ए हजुर घर हाम्रो पोखरा, अहिलेसम्म भाछैन घरबार‘ नेपथ्य ब्यान्डले गाएको यस गीतका सर्जक एवं संगीतकारको अमेरिकामा निधन भएको छ । अमेरिकामा रहेका सर्जक विश्व थकालीको हृदयघातका कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिए।

झन्डै साढे दुई दशकअघि सर्वाधिक लोकप्रिय ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’ गीत गाएर उनी चर्चित भएका थिए।

लामो समयदेखि अमेरिका बसोबास गर्दै आइरहेका सर्जक थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो। साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए।

सर्जक थकालीको ५२ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो। उनका पत्नीसहित २ छोरा छन्।