आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता फागुन १५ हुने

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार १८:४६ मा प्रकाशित (४ साल अघि) ५४१ पाठक संख्या

काठमाडौं , फागुन ७ ।  गोकर्णेश्वर नगरपालिको सहकार्यमा छहारी युवा क्लब द्वारा तेस्रो चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
फागुन १५ गते बाट गोकर्णेश्वर नगरपालिका भित्र रहेका बिध्यालयका बिद्यार्थीहरुको  सहभागीता रहने उक्त प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ८  बेशी गाउमा रहेको नेपालय इंगलिस पब्लिक स्कुलको खेलमैदानमा संचालन हुने कार्यक्रम संयोजक संगम थापा श्रेष्ठले जानकारी दिनु भएको छ।

छहारी युवा क्लबको अग्रसरतामा हुन लागेको सो प्रतियोगितालाइ सफलतापुर्वक सम्पन्न गर्नको लागि गोकर्णेश्वर नगरपालिका भित्र संचालनमा रहेका बिद्यालयले सो प्रतियोगितामा सहभागिता जनाई सहयोग गर्नको लागि पनि श्रेष्ठले अनुरोध गरेका छन। श्रेष्ठले सो प्रतियोगीताको बारेमा थप जानकारी को लागि ९८६४५८९०७४मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।