आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार १६:४६ मा प्रकाशित (४ साल अघि) ५५१ पाठक संख्या

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव  प्रदेश सभामा पेस भएको छ।
मुख्यमन्त्री राई पक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले  प्रस्ताव पेस गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ।
नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आराेप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गरेको थियो।
प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ।