आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

प्रचण्ड–नेपाल समूहको टुँडिखेलमा मानव साङ्लो( फोटो फिचर)

गोकर्णेश्वर खबर६ फाल्गुन २०७७, बिहीबार २०:४३ मा प्रकाशित (४ साल अघि) ७६५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज मानव साङ्लोसहित काठमाडौंको टुँडिखेल घेराउ गरेको छ।

बुधबारदेखि सुरू चौथो चरणको संघर्षको कार्यक्रमअन्तर्गत टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको हो।

उनीहरूले विभिन्न नारा बोकेर प्रदर्शन गरेका छन्।

यसअघि फागुन २ गते नेकपा प्रचण्ड–माधव पक्षले पत्रकार सम्मेलनको आयोजना गरेर फागुन ५ देखि २१ गतेसम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो।