आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

भारतमा पहिलोपटक महिलालाई फाँसी दिइने

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २१:५१ मा प्रकाशित (४ साल अघि) ८७० पाठक संख्या

एजेन्सी – भारतमा पहिलो पटक महिलालाई फाँसी दिइने भएको छ। दोषी महिलालाई मथुराको महिला जेलमा बनाइएको फाँसी घरमा झुण्ड्याइने भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

फाँसी कहिले हुन्छ ? भन्‍ने कानुन तारिख भने तय गरिएको छैन भने फाँसी घरको मर्मत तथा फन्दाको रस्सी ल्‍याउने आदेश दिइएको छ।
मेरठमा बस्‍दै आएकी पवन जल्लादले भनेकी छिन् कि मथुराको जेलका अफिसरले सम्पर्क गरिसकेका छन्। उनले भनेका छन्, ‘जतिबेला मलाई बोलावट हुन्छ , म फाँसी चढाउने महिलालाई लिन पुगिहाल्छु।’

१३ वर्ष पहिले अमरोहामा बस्‍दै आएकी शबनमले प्रेमीसँग मिलेर परिवारका ७ जनाको बञ्‍चरोले हानेर हत्‍या गरेकी थिइन्। राष्ट्रपतिले १५ फेब्रुअरीमा उसको याचिका खारेज गरिदिएका थिए। शबनम हाल रामपुर जेलमा जेलबन्दी छिन्। साथै उनका प्रेमी आगरा जेलमा छन्।