आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

भागरथीलाई हत्या गर्न कक्षा छाडेर बाटो ढुकेर बसेका थिए दिनेश

गोकर्णेश्वर खबर५ फाल्गुन २०७७, बुधबार २१:२८ मा प्रकाशित (४ साल अघि) ५८२ पाठक संख्या

काठमाडौं – बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले ढुकेर उनको हत्या गरेको खुलेको छ।

बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपीबारे जानकारी दिएको हो।

सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले दिनेशले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए।

दिनेश दोगडाकेदार गाउँपालिका ७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए।
साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने।

तर, दिनेशले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो।

दिनेश सोही ठाउँका हुन्। उनले रिसिइबीका कारण हत्या गरेको प्रहरीमा भनेका छन्।

तर, प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै सो रिसिइबीबारे अहिले खुलाएको छैन।