आज: २४ चैत्र २०८१, सोमबार | Mon, 07, Apr, 2025

सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिने विनयजंगविरुद्ध उजुरी

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २०:१२ मा प्रकाशित (४ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं – प्रहरीले बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी गरेको छ ।
बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिईन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

प्रहरी अहिले पक्राउ पुर्जी लिनको लागि अदालत गएको छ । अदालतबाट पुर्जी आउनेबित्तिकै उनलाई पक्राउ गरिने तयारी गरिएको छ । तर, बस्नेत भने यतिवेला काठमाडौं बाहिर छन् ।