आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

चुनावका लागी सरकारले निर्वाचन आयोगलाई उपलब्ध गरायो सात अर्ब

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २२:४८ मा प्रकाशित (४ साल अघि) ३२४ पाठक संख्या

काठमाडौं – सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका छन्।

निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो।

सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।

यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।