आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राऊ गर्ने सरकारको तयारी

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २१:५६ मा प्रकाशित (३ साल अघि) ४७६ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री यतिबेला बाग्लुङ छिन् । आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेकी झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।

राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाएका छन् । उनलाई पक्राऊ गर्न सत्तारुढ नेकपाको ओली समूहबाट दबाब बढिरहेको छ ।

झाँक्रीलाई माथिबाटै पक्राऊ गर्ने निर्देशन आएको प्रहरीका एक उच्च अधिकारीले बताए । उनलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊ गर्ने तयारी गरिएको बुझिएको छ ।

देश दौडाहामा रहेकी झाँक्री बुधबार काठमाडौं आउने बुझिएको छ । उनीमाथि राष्ट्रपति भण्डारीको चरित्रहत्या गरेको भन्ने आरोप छ ।

गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी छिन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।