आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

प्रधानमन्त्री ओलीलाई प्रचण्डले दिए ‘पापी मान्छे’को संज्ञा

गोकर्णेश्वर खबर२५ माघ २०७७, आईतवार २३:०२ मा प्रकाशित (३ साल अघि) ४२२ पाठक संख्या

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘पापी मान्छे’को संज्ञा दिएका छन् ।

आइतबार योहो टेलिभिजनमा जीवराम भण्डारीसँग ‘सत्य संवाद’मा कुरा सँगै उनले यस्तो टिप्पणी गरेका हुन ।

उनले आफूहरूले प्रधानमन्त्री ओलीलाई बेलैमा सुधार्न नसकेको समेत टिप्पणी गरे । प्रधानमन्त्री ओलीले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए।

उनले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरे ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने उनले बताए । उनले आफूहरूबाट पनि केही कमि कमजोरी भएको स्वीकारे ।

लोकतन्त्र र शान्तिका निम्ति कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य रहने तर्क गर्दै उनले आफू प्रधानमन्त्री नबन्ने दाबी गरे । उनले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस सभापति देउवालाई नेतृत्व लिनुस् भनिसकेका छौँ ।’

पछिल्ला क्रियाकलापले ओलीको चाँडै पतन ‘निश्चित’ भएको उनले बताए ।