आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर नगरपालिकामा स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि आधारभूत तालिम सम्पन्न

गोकर्णेश्वर खबर२४ माघ २०७७, शनिबार १०:५३ मा प्रकाशित (३ साल अघि) ४९६ पाठक संख्या

काठमाडौं माघ २४।विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको  छ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिन्छ   सोहि दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिकामा पनि स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि महिला स्वयं सेविकाहरुलाई  लागि आधारभूत तालिम सम्पन्न भएको छ माघ २२ गते  अर्थात् विश्व क्यान्सर दिवसको अवसरमा जोरपाटी स्वास्थ्य चौकी ,आरुबारीमा सो तालिम सम्पन्न  भएको हो  ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,  लगायत स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो   ।

विश्वमा प्रत्येक वर्ष  १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको  मृत्यु हुने गरेको छ । नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने  धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको विशेषज्ञहरु बताउँछन् ।