आज: १४ फाल्गुन २०८१, बुधबार | Wed, 26, Feb, 2025

प्रधानमन्त्री ओलीको जनप्रदर्शनका लागि नारायणहिटी बाहिर बनाइँदै स्टेज

गोकर्णेश्वर खबर२२ माघ २०७७, बिहीबार २२:२१ मा प्रकाशित (४ साल अघि) १००९ पाठक संख्या

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी दरबार बाहिर जनप्रदर्शनमा सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी दुई समूहमा विभाजित भएपछि प्रचण्ड-नेपाल समूहले जनप्रदर्शन गरेको थियो। त्यसलाई काउन्टर दिँदै ओली समूहले ‘जनप्रदर्शन कस्तो हुन्छ देखाउँछु’ भन्दै शुक्रबारको सभा आयोजना गरेको हो।

शुक्रबारको सभाका लागि अहिले नारायणहिटी संग्रहालय बाहिर मञ्च बनाउने काम भइरहेको छ। मञ्च बनाउने क्रममा दरबारमार्गमा सवारीसाधन सञ्चालनमा अवरोध गरिएको छ।

प्रधानमन्त्रीको कार्यक्रमका लागि तयारी गर्ने भन्दै तीनधारा, केशमहल, नागपोखरीदेखि नारायणहिटीसम्म आउने बाटो ट्राफिकले डाइभर्ट गरेको छ। सभाकै लागि भनेर बुधबार राति नै दरबारमार्ग सडकमा रहेको डिभाइडर हटाइएका थिए।