२२ माघ, काठमाडौं । विघटित प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं. ३ का संघीय सांसद तथा नेकपा केन्द्रीय सदस्य कृष्ण राई नेकपा गोकर्णेश्वर नगर कमिटीले तयार गरेको प्रचारात्मक ब्यानर बोकेर भोली हुने आमसभामा जाने भएका छन् ।
पछिल्लो समय नेकपामा विवाद देखिए पनि राईले काठमाडौं जिल्लाका जनप्रतिनिधिहरुको दरिलो साथ पाएका छन् । जनप्रतिनिधिको व्यापक समर्थन सहित उनी २३ गतेको जनसभामा नेकपा गोकर्णेश्वर नगर कमिटीले तयार गरेको प्रचारात्मक ब्यानर बोकेर सहभागि हुने जानकारी फेसबुकबाट दिएका छन् ।
राईको अग्रसरतामा काठमाडौं जिल्ला कमिटीले माघ २३ गते हुने जनसभाको तयारीका लागि नगरपालिका र वडा स्तरमा कमिटी पुनर्गठन, भेला र प्रशिक्षण जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ ।