आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

ओली समूहको आमसभाका लागि सडकका डिभाइडर झिकिए

गोकर्णेश्वर खबर२२ माघ २०७७, बिहीबार २१:३९ मा प्रकाशित (४ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले शुक्रबार आमसभा आयोजना गरेको नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ ।

दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।