आज: १४ फाल्गुन २०८१, बुधबार | Wed, 26, Feb, 2025

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ दुई करोड धरौटीमा रिहा

गोकर्णेश्वर खबर२१ माघ २०७७, बुधबार २१:३९ मा प्रकाशित (४ साल अघि) ११०६ पाठक संख्या

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।

व्यवसायी गुरुङमाथि ललितानिवास जग्गा हिनामिनाको अभियोग लागेको करिब एक वर्षपछि बुधबार विशेष अदालत उपस्थित भएका थिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले गुरुङलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

उनीविरुद्ध ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सो सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन उनले आर्थिक लगानी गरेको र पछि आफ्नै नाममा ल्याएको आयोगको छानबिनमा भेटिएको थियो ।