आज: १४ फाल्गुन २०८१, बुधबार | Wed, 26, Feb, 2025

भोलि नेपाल बन्द आह्वान, २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन

गोकर्णेश्वर खबर२१ माघ २०७७, बुधबार २१:२९ मा प्रकाशित (४ साल अघि) ४८२ पाठक संख्या

१ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ ।

नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।

दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।