आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

म्यानमारको सैन्य कू बारे बोल्यो नेपाल– ‘सुकीलाई तत्काल रिहा गर’

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार २१:५९ मा प्रकाशित (३ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं – म्यानमारमा सेनाले चालेको कदमको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ ।