आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक दिउँसाे

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार १०:५७ मा प्रकाशित (४ साल अघि) ३५१ पाठक संख्या

प्रचण्ड–माधव नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक आज (सोमबार) दिउँसो बस्ने भएको छ।

यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ।