काठमाडौं । बौद्ध रामहिटीमा आयोजना गरिएको ४ दिने अमिताभ बुद्धको अभिषेक आगम व्याख्या र फोवाको साधना सम्पन्न भएको छ ।
नेपाल बौद्ध ञिङ्मा पल्युल संघको आयोजनामा बौद्ध रामहिटी स्थित तामाङ सेवा केन्द्रमा आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रममा पहिलो दिन परमपूजनीय ४ औं अवतारी श्रद्धेय पल्युल ल्हाटुल रिन्पोछेबाट अमिताभ बुद्ध (होपामे) को अभिषेक आगम व्याख्या गरिएको थियो भनें ३ दिन खेन रिम्पोछे ग्याम्छोबाट फोवाको साधना प्रशिक्षण गराईएको थियो ।
माघ १४ गतेबाट शुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा ४० जिल्लाका १८० लामागुरुहरु सहभागि भएका थिए । खेन रिम्पोछे ग्याम्छोबाट लामागुरुहरुलाई वाङ लुङ प्रदान गरिएको थियो।
नेपालमा बौद्ध धर्मदर्शनको विकास र प्रचारप्रसारका लागि स्थापना भएको नेपाल बौद्ध ञिङ्मा पल्युल संघको संरक्षक परमपूजनीय ४ औं अवतारी श्रद्धेय पल्युल ल्हाटुल रिन्पोछे हुनुहुन्छ ।
नेपालमा बौद्ध दर्शनलाई पूर्न जागरण गर्ने उदेश्यका साथ नेपाल बौद्ध ञिङ्मा पल्युल संघको स्थापना भएको हो ।