आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

नागरिक आन्दोलनका अगुवा वाग्लेले भने- ‘तेस्रो जनआन्दोलन सुरू भयो’

गोकर्णेश्वर खबर१२ माघ २०७७, सोमबार २०:५० मा प्रकाशित (४ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं – नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरू भएको घोषणा गरेका छन्। शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको हस्तक्षेपबाट निथ्रुक्क भिजेका वाग्लेले तेस्रो जनआन्दोलन सुरू भएको बताए।

नागरिक आन्दोलनले सोमबार बालुवाटारमा ‘मार्च पास’सहित प्रतिनिधि सभा विघटनविरूद्ध शान्तिपूर्ण आन्दोलन राखेको थियो। मार्च पासपछि नागरिक आन्दोलनकर्मीले बालुवाटार छिर्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

हस्पक्षेपछि सोमबारको आन्दोलनलाई समापन गर्दै वाग्लेले भने‚ ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ भनी घोषणा गरेका थियौं। बिनासूचना हामीमाथि बर्बर दमन गरियो। हाम्रा साथीहरूमाथि दमन भएको छ‚ त्यसबाट तेस्रो जनआन्दोलन सुरू भयो।’

प्रहरी हस्तक्षेपमा घाइते भएकाहरूलाई नागरिक आन्दोलनकर्मीकै तर्फबाट उपचार गरिने वाग्लेले बताए।