आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

गोकर्णेश्वरको तारेभिरमा घ्यु चाकु दिवस मनाइयो

गोकर्णेश्वर खबर३ माघ २०७७, शनिबार ११:४७ मा प्रकाशित (४ साल अघि) ५२६ पाठक संख्या

काठमाडौं ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको तारेभिरमा घ्यु चाकु दिवस मनाइएको छ। हरेक वर्ष माघ १ गते तारेभिर महोत्सव मनाइदै आएकोमा यस पटक कोभिड -१९ का कारण स्वास्थ्य सुरक्षा अपनाउदै सिमित उपस्थितिमा घ्य चाकु दिवस मनाइएको थियो ।

बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालको उपस्थितिमा तारेभिर महिला समुहको आयोजनामा भएको सो घ्यु चाकु दिवसमा स्थानीय विकास र थप कार्यक्रमहरुका वारेमा पनि अन्तरक्रिया गरिएको थियो।

शिवपुरी पर्वतको काखमा रहेको तारेभिर क्षेत्रमा सडक पूर्वाधारको विकास संगै आन्तरिक पर्यटन प्रवर्धन भएको छ भने अन्य पूर्वाधार विकासका गतिविधिहरुले पनि तीव्रता पाएका छन।

यस पटक कोरोना प्रकोपका कारण सातौ तारेभिर पर्यटन महोत्सव आयोजना गर्न नपाएकोले घ्यु चाकु दिवस मनाएर हरेक वर्षको कार्यक्रमलाई निरन्तरता दिएको बताउदै मन्त्री रामेश्वर फुयालले सो क्षेत्रको विकासका लागि थप पहल गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए।