आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

चीनले चन्द्रमामा झण्डा गाड्यो

गोकर्णेश्वर खबर२२ मंसिर २०७७, सोमबार ०६:४९ मा प्रकाशित (४ साल अघि) ६९९ पाठक संख्या

काठमाडौं । अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ ।

चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ ।

यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो ।

त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो ।

२०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ ।

सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ ।