संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।
काठमाडौँ– फिल्म हल अझै नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय सुनाए ।