आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

काभ्रेमा आज थपिए ३५ सङ्क्रमित, तीन हजार नजिक सङ्क्रमित पुष्टि

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १८:५४ मा प्रकाशित (३ साल अघि) ८८७ पाठक संख्या

काभ्रे, मङसिर १५ गते । काभ्रेपलाञ्चोक जिल्लामा आज (सोमबार) थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार थपिएका ३५ जनामध्ये बनेपा नगरपालिकामा १०, धुलिखेल नगरपालिकामा छ जना, पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा पाँच/पाँच जना, पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकामा चार/चार जना र रोसी गाउँपालिकामा एक जनामा सङक्रमण पुष्टि भएको छ । सोमबार थपिएका ३५ सहित काभ्रेमा सङक्रमितको संख्या दुई हजार ९१२ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा सोमबार थप २७ जना कोरोनाबाट मुक्त भएका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई हजार ६०२ पुगेको छ । जिल्लामा २७३ जना सक्रिय सङक्रमित छन । जसमा २६३ होम आइसोलेसनमा र १० जना अस्पतालमा उपचाररत छन् ।

शनिवार मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा मण्डनदेउपुर नगरपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएसँगै काभ्रेमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।