आज: १३ फाल्गुन २०८१, मंगलवार | Tue, 25, Feb, 2025

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

गोकर्णेश्वर खबर१५ मंसिर २०७७, सोमबार १५:४४ मा प्रकाशित (४ साल अघि) ८५८ पाठक संख्या

१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।