आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

सभापति देउवाद्वारा कांग्रेस नेता कोइरालाको निधनमा दुःख व्यक्त

गोकर्णेश्वर खबर१३ मंसिर २०७७, शनिबार ०७:०० मा प्रकाशित (४ साल अघि) ४१४ पाठक संख्या

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै उनमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहेका थिए ।