आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

यो वर्षको एकादशी मेला हुदैन : बुढानिलकण्ठ नगरपालिका

गोकर्णेश्वर खबर९ मंसिर २०७७, मंगलवार ०७:४४ मा प्रकाशित (४ साल अघि) १५०४ पाठक संख्या

काठमाडौं ,मंसिर ९। बुढानिलकण्ठ नगरपालिकाले यस वर्षको एकादशी मेला नहुने जानकारी दिएको छ। नगरपालिकाले सुचना जारी गर्दै कोरोना प्रकोपको कारण यस वर्षको एकादशी मेला आयोजना नहुने जानकारी दिदै भक्तजनहरुलाई घरमा नै बसेर मनाउन आग्रह गरेको छ।

कुनै पनि मेला आयोजना गर्ने वा २५ जना भन्दा बढी भेला हुन् नपाउने कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार बुढानिलकण्ठ मन्दिरमा कुनै पनि कसिमको दर्शन,पुजा र अन्य गतिविधि नहुने नगरपालिकाले बताएको छ।

विगतका वर्षमा मेला लाग्ने भए पनि यस वर्ष कोरोना संक्रमणको विषम परिस्थितिलाई मध्ये नजर गर्दै मेला स्थगित गरिएकोले दर्शनका लागि मन्दिरमा नआउन सबै भक्तजनमा नगरपालिकाले अनुरोध गरेको छ